Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

मैले नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरें : रामचन्द्र पौडेल

पौडेलले कांग्रेसलाई सत्ताको भर्याङ सीमित भइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको आरोप लगाउनुभयो ।

ओली बोल्दाबोल्दै माइक काटिएपछि…

धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उहाँले भन्नुभयो, ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोड्दिएँ, धन्यवाद छ धेरै–धेरै शुभकामना ।’

शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।

राजाले पनि एउटा पार्टी खोले हुन्छ : माधव नेपाल

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष नेपालले पार्टी खोलेर राजनीतिकमा आउन सुझाव दिनुभयो ।

संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् : अध्यक्ष यादव

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

कांग्रेसबाट हामी र सम्पूर्ण देशलाई ठूलो आशा छ : महन्थ ठाकुर

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।

गाउँमा आजकल को नेता आएछ होइन, कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’

देशमा हरेक आन्दोलनपछि बाह्य हस्तक्षेप बढ्यो : सीपी मैनाली

देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।

कांग्रेसले ल्यायाे ओली, दाहाल र नेपाललाई एउटै मञ्चमा

यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो  ।