काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्दै आएको बुक फ्री डे कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हरेक शुक्रबार किताब नबोकी विद्यालय जाने विद्यार्थीहरु विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासलगायतका कार्यक्रममा सहभागी हुने गर्छन् । काठमाडौंको दरबार हाई स्कुलमामा शुक्रबार विद्यार्थी पन्जा तथा विभिन्न कृषिका औजार बोकेर विद्यालय हाता परिसरमै रहेको…