काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो । उहाँले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने…