१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


चेपाङ बालबालिकालाई क्युस्यु जापानले दियो शैक्षिक सामाग्री


0
Shares

चितवन, मंसिर २ । चितवनको ईच्छा कामना गाउँपालिकामा रहेका चेपाङ बालबालिकालाई झोलासहितका पाठ्यसामाग्री वितरण गरीएको छ ।

आर्थिक अवस्था अत्यन्त दयनीय अवस्थामा रहेका चेपाङ बालबालिकालाई कोरोना भाइरस राहत कोष क्युस्यु जापानले ९ सय ७० जना विद्यार्थीलाई सामाग्री वितरण गरेको हो ।

सपना भिलेज सोसल ईम्पाक्टको समन्वयमा जापानमा रहेका नेपाली संघसंस्थाको सहयोगमा संकलित चार लाख रुपैयाँ बराबरको पाठ्य सामाग्री बितरण गरीएको परियोजनाका कार्यक्रम निर्देक सुजन बस्नेतले जानकारी दिनुभयोे ।

जापानमा रहेका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचत गरि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरेको हो ।

राष्ट्रिय मावि हात्तीवाङ्गका ३ सय २३ जना विद्यार्थीलाई एकैपटक राहत सामाग्री बितरण गरीएको थियो । विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरले करिव ९० प्रतिशत चेपाङहरु अध्ययन गर्ने एकमात्र मावि विद्यालय रहेको बताउनुभयो ।