काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा 'बिचौलिया' प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले बुधबार ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरूलाई बुधबार पक्राउ गरिएको जानकारी दिए । लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा…