बर्दिया । बर्दियामा दुई दिनदेखि लगातार बर्षाकाे कारण ठाकुरबाबा नगरपालिका–६ र ७ का विभिन्न क्षेत्रमा गिठेखोला तथा निकुञ्जकाे झरनाबाट आएकाे बाढीले घर डुबानमा परेकाे छ । बिहिबार मनिकापुरस्थित गिठेखोलामा बाढी बढेपछि लंकापुर, मनिकापुरलगायतका टोलहरुमा बाढी पसेर कम्तीमा ८० घरहरु डुबानमा परेकाे कार्यपालिका सदस्य पुजा सुनारले जानकारी दिएकी छन् । उक्त बाढीबाट नगर प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रहरी…