काठमाडौं ।रुस–युक्रेन युद्ध रोक्नका लागि वार्ताको प्रयासले तीव्रता पाएको छ । यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफसँग भेट गर्न युक्रेनी प्रतिनिधिमण्डल आज अमेरिका पुगेको हो । युक्रेनी प्रतिनिधिमण्डलले फ्लोरिडामा अमेरिकी नेताहरूसँग रुससँग युद्धविरामको योजनाबारे छलफल गर्नेछ। यस बैठकमा राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी हुनेछन्…