काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक उम्मेदवार सूचीमा समावेश गरेको छ। रचना खतिवडा खस आर्य महिला क्लस्टरअन्तर्गत नवौं नम्बरमा रहेकी छन्। उक्त क्लस्टरमा पहिलो नम्बरमा प्रतिभा रावल रहेकी छन् भने त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र…