Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चाकको तालामाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन । मंगलबार दोलखा र गोरखामा पनि भूकम्प गएको थियो ।