Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


इजरायलबाट विपिन जोशीको अन्तिम बिदाई, भोलि काठमाडौं ल्याइँदै


1.2k
Shares

काठमाडाैं ।

हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ।

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका जोशीकाे पार्थिव शरीर एक समारोहका साथ अन्तिम बिदाई गरिएको हाे।

नेपाली दूतावास, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा बिपिन र उनका साथीहरूलाई आक्रमणअघि आतिथ्य प्रदान गर्ने किबुट्ज आलुमिमका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त समारोह भावुक बनेकाे थियाे ।

बिपिन जोशीको पार्थिव शरीर भोलि दिउँसो २:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा आइपुग्ने जनाइएको छ।

Skip This