क्यालिफोर्निया, वैशाख १५ । अमेरिकाको क्यालिफोर्नियास्थित यहुदीहरुको प्रार्थनास्थल (सिनेगग)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । सान डियागो शहरको उत्तरमा पर्ने पोवेस्थित यहुदीहरुको आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली गोली प्रहार गरेका हुन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका एक युवकलाई पक्राउ गरेको छ…