सियोल, माघ १५ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरियासमक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ । स्थानीय सन्चारमाध्यमहरुले मंगलबार लेखेको समाचारअनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्तरुपमा शतवार्षिकी…