एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार र त्यसका पार्टपुर्जाहरूमा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गर्नुभएको छ । ट्रम्पले यो व्यवस्था यही अप्रिल २ देखि लागू हुने जानकारी दिनुभयो । त्यसको भोलिपल्ट बाटनै सवारीसाधन आयात गर्ने व्यवसायमा शुल्क लाग्नेछ । पाटपुर्जामा भने आगामी मे वा जुन महिनादेखि नयाँ कर लागु हुनेछ…