एजेन्सी । मेक्सिकोको भेराक्रुज राज्यमा करिब साढे ३ सय आप्रवासीहरुसहितको ट्रक अलपत्र अवस्थामा फेला परेको छ । बस्तीदेखि निकै टाढा एकान्त स्थानमा फेला परेको ट्रकमा ३ सय ४० जनामा आप्रवासीहरु भेटिएको मेक्सिकोका अधिकारीहरुले बताएका हुन् । ती मध्ये १ सय ३ जना बालबालिका रहेका छन् । बालबालिकाहरुका अभिभावक समेत ट्रकमा नरहेको पाइएको अधिकारीहरुको भनाइ छ…