यसैक्रममा वासिंगटन राज्यका महान्यायाधिवक्ताले यस आदेशविरुद्ध सियाटलको अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरी कानुनी उपचार खोजेका छन् । संघीय अदालतमा दायर गरिएको सो मुद्दामा राष्ट्रपति ट्रम्प, राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सल्लाहकार र गृहभूमि (आन्तरिक) सुरक्षा मन्त्रालय (होम ल्यान्ड सेक्युरिटी)लाई विपक्षी बनाइएको छ । राज्यभूमिको कानुन तथा न्याय परिपालना गनु/गराउनुपर्ने प्रमुख दायित्व बहन गर्ने महत्वपूर्ण…