कतार विरुद्धको नाकाबन्दी खुकुलो पार्नुपर्ने पक्षमा अमेरिकी विदेशमन्त्री « Image Khabar


कतार विरुद्धको नाकाबन्दी खुकुलो पार्नुपर्ने पक्षमा अमेरिकी विदेशमन्त्री


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार १६:२९

टिलर्सनले नाकाबन्दीका कारण मानवीय संकट निम्त्याउने सक्ने बताए । उनले आतंकवादलाई सहयोग रोक्न कतारका अमिरले धेरै गर्नुपर्नेसमेत उल्लेख गरे ।

आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरब, युनाईटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने कतारले आतंकवादलाई सहयोग रोक्नुपर्ने बताएका थिए ।

कतारले भने इस्लामिक पृथकतावादीलाई कुनै सहयोग नगरेको जिकिर गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्