पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए । स्कूल खाली देखेपछि उनीहरुले त्यहाँ लुटपाट मच्चाएका थिए । सन् २०१४ को अप्रिलमा बोको हरामले चिवोक शहरबाट २ सय ७० भन्दा बढी स्कूले छात्रा अपहरण गरेका थिए । जेलमा रहेका आफ्ना पाँच कमाण्डरको…