Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ। यहि पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उहाँले राजीनामा दिनुभएकाे हाे । कम्पनी सचिव गोपी भण्डारीका अनुसार पाण्डेले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ। सञ्चालक पाण्डे २०७९ सालकाे भदौमा बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएकाे थियाे।