बुटवल, असार १४ । बुटवल–पाल्पा सडकखन्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिरनजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखन्ड आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । अविरल वर्षाका कारण माथिबाट खसेको…