Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


वायु प्रदुषणमा सुधार, हानिकारकबाट लक्षित समूहलाई अस्वस्थमा झर्यो

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण सूचकाङ्क १५० भन्दा तल झरेको हो । यो लक्षित समूहका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो…