काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको बताउनु भएको छ । सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा टेरामक्स प्रविधिको विषयमा जानकारी दिँदै यस्तो बताउनुभएको हो । उहाँले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप नगर्ने दाबी गर्नुभयो…