काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबले च्यासललाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे । जितसँगै मच्छिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ…