एजेन्सी । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो । टर्फ मुर बर्नलेमा गएराति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लेस्टरले गोलको लागि दोस्रो हाफमा सब्सिच्युट फरवार्डको साहरा लिनुपरेको थियो…