१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


सिमरा गोल्डकप प्रतियोगिताको तयारी पूरा, दश टिम सहभागी हुने


221
Shares

बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लवबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।

सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने खेलमा ए डिभीजनका पाँच सहति दश टोलीको सहभागिता रहनेछ । खेलको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन ।

उद्घाटन खेल सुदूरपश्चमि ११ र फ्रेन्ड्स क्लबकाबीचमा हुने आयोजकले जनाएको छ ।