Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


कुवेतमाथि नेपालकाे शानदार जित, अंकतालिकाकाे शीर्ष स्थानमा

काठमाडौं । आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्…