काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधबारको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । युएईको सारजाह मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको हो । उसका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।…