Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै


208
Shares

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्नेछ ।

नेपालले पहिलो खेल कतारसँग जुन ३ मा, दोस्रो खेल युएईसँग जुन ४ मा र भुटानसँग जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले बिदाई गरेका थिए ।

नेपाली टोली :-

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।