काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै…