काठमाडौं । पछिल्लो समय भारतीय पर्यटकहरु सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउन थालेका छन् । पर्यटन व्यवसायीहरुका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५ देखि ३० प्रतिशतले पछिल्लो समय कालीदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् । सुनौली नाकाबाट आउँदा दुई तीन घण्टा जाममा पर्ने अवस्थाका कारण भारतीय पर्यटकहरुले वैकल्पिक मार्ग रोज्न थालेका हुन । कालीदह छोटी भन्सार…