इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ । एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरी सहमति गरे अनुरूप आइतबारबाट इलाम काठमाडौं उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स (9N-ABU) को विमानले ७ जना यात्रु लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको करिब एक घण्टामा इलाम अवतरण गरेको थियो…