काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिनु भएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गर्नुभएको थियो । बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गर्नुभएको थियो । वि.सं. २०२४ सालमा कानुन, न्याय…