काठमाडाैं । अवाञ्छित हस्तक्षेपबाट पत्रकारितालाई जोगाउन सरोकारवालाहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रताको प्रत्याभुतिका लागि सबैले मिलेर काम गर्नुपर्नेमा उनीहरुको जोड छ । मंगलवार काठमाडौंमा प्रेस काउन्सिलले गरेको निर्वाचन सम्बन्धी मिडिया अनुगमनको छलफलमा वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहितका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् । उनीहरुले निर्वाचन आयोगले…