Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


आतंक मच्चाउने बाघ नियन्त्रणमा

काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । केही समयदेखि बाघले स्थानीयका बाख्रालगायत घरपालुवा जनावर खान थालेपछि मानिस पनि बाघको आक्रमणमा पर्नसक्ने भन्दै उनीहरुले बाघलाई नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।