काठमाडौं । पाशुपत क्षेत्रअन्तर्गत पञ्चदेवलमा रहेको वृद्धाश्रममा ८४ जना ज्येष्ठ नागरिकले आश्रय लिएका छन् । उनीहरुको दिनचर्या वृद्धाश्रमले तोकेको तालिकाअनुसार चल्ने गरेको छ । यद्यपि आश्रित ८ जना वृृद्धवृृद्धा नागरिकताको अभावमा राज्यले दिने सामाजिक सुरक्षा सुविधाबाट वञ्चित छन् । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको खाना, नाना, छाना र स्वास्थ्योपचारको स्वामित्व सरकारले लिएको छ । यिनीहरुको वृद्धाश्रम…