काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्किएको छ । मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको एक्कासि आकाशमै ढोका खुलेपछि काठमाडौं विमानस्थलमै अवतरण गरेको हो । विमान उडेको केही समयपछि एयर प्रेसर फेलियर भएको थियो । विमान भित्र र बाहिरको हावाको चाप…