सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नोचास्थित छठघाटमा छठ पूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी ५२ वर्षीया लक्ष्मी पोखरेलको दुर्घटनामा मृत्यु भएको हो । लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्वरको वीङ्गरले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका…