काठमाडाैं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको…