काठमाडौं । काठमाडौंको बज्रशील महाविहार, इकुबहाःमा बालिकाहरुको सामुहिक रुपमा (बेल बिवाह) इही सुरु भएको छ । महिला दिदी बहिनी समूहको आयोजनामा नेवार परम्परा अनुसार इही गरिएको हो । नेवारी परम्परा अनुुसार धार्मिक रुपमा इहीमा बेलसँग विवाह गर्ने प्रचलन रहेको छ । इही बैदिक र बौद्ध धर्मका अनुयायीहरुले आआफ्नै विधि र परम्परा अनुसार गर्ने गर्दछन् ।…