काठमाडौँ । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ । पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले…