काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना भएको अवस्थामा उद्धारका काम कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभ्यास कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को मापदण्ड अनुसार विमानस्थल आधा घण्टा बन्द गरी आकस्मिक अभ्यास तालिम आयोजना गरिएको हो । सम्भावित विमान दूर्घटनापछिको उद्धारमा जुट्ने निकायहरुले गरेको अभ्यास हो…