काठमाडौं । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएपछि सुनुवाई प्रक्रिया अघि बढेको हो । बिहीबार सरकारी वकिलहरुले बहस गरेकोमा शुक्रबार जाहेरवालाका वकिलहरूले बहस नसकिएपछि आइतबार आदेश आउन सक्ने सम्भावना रहेको छ…