काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गर्नुभयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरु मिलेर बनेको…