Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


अवरूद्ध नाग्म-गमगढी सडक ४ दिनपछि सञ्चालनमा


130
Shares

वीर बहादुर बमसंवाददाता

मुगु । अविरल हिमपातका कारण अवरुद्ध बनेको मुगुलाई राष्ट्रिय राजमार्गसँग जोडने नाग्म–गमगढी सडक खण्ड ४ दिनपछि सञ्चालनमा आएको छ।

हिमपातका कारण मंगलबार रातिदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि सुचारु भएको हो। भुलभुले र घुच्चीलेकमा जमेको बाक्लो हिउँ मेसिन प्रयोग गरी पन्छाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । हिउँ पन्छाएसँगै नाग्म र गमगढी दुवै तर्फबाट सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। सदरमुकाम गमगढीबाट छोटो दूरिका तारापानिफ, लुम्स पिना र सल्लेरि सडकमा समेत यातायात सुचारु भएका छन्।

मुगुको एक मात्र रारा विमानस्थलमा हिउँ पन्छाएपछि तारा, नेपाल एयरलाइन्स जहाजले अवतरण गरी नेपालगन्ज र मुगु यात्रलाई ओसारपसार गरेका छन् । यहि माघ १३ गते रातिदेखि शुरु भएको भारी हिमपातका कारण सडकमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका थिए।

मुगुलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो मुख्य मार्ग बन्द हुँदा सयौं यात्रुहरू र मालवाहक ट्रकहरूबीच बाटोमै अलपत्र परेका थिए ।