काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिबार रास्वपाका नेता/कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पु¥याएको थियो । लामिछाने हाल जिल्ला…