काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको पुनर्निर्माणको काम अझै पनि पूरा हुन सकेको छैन । काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भईसक्दा पनि विश्व सम्पदा सूचिमा रहेको स्वयम्भू महाचैत्यमा रहेको ऐतिहासिक ज्योतिकीर्ति महाविहार अहिले पनि भग्नावशेषको रुपमा रहेको छ । विश्व प्रसिद्ध स्वयम्भू महाचैत्य, विश्व सम्पदामा सूचीमा सूचीकृत एक धार्मिक र साँस्कृतिक सम्पदा…