काठमाडौं । सरकारी ढुकुटीमा विदेशी मुद्राको संचिति निरन्तर घट्दै गएपछि नेपाल राष्ट्र बैंकले गत मंगलबारदेखि सुन आयातमा कडाइ गर्दै प्रतितपत्र खोल्न बन्द गर्यो । सुन आयात अनिश्चित अवधिका लागि पूर्ण रूपमा रोकिएको छ । आयात नै ठप्प भएपछि सुनचाँदीका गरगहनाको व्यवसाय धरापमा पर्न थालेको व्यवसायीहरू बताउन थालेका छन् । केही दिनयता बजारमा सुनको अभाव देखिएको…