Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले ईमेज खबरलाई जानकारी दिनुभएकाे छ । जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च…