काठमाडौं । भगवान बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा रहेको बोधिवृक्षलाई धार्मिक रुपमा विशिष्ट रुपमा लिने गरिन्छ । विगतमा लुम्बिनी बगैंचामा रहेको मायादेवी मन्दिरको उत्खनन् सँगै काटिएको बोधिवृक्ष टिस्यु कल्चर प्रविधिमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको घरमा हुर्काइएको छ । तथागत गौतम बुद्धको जन्मस्थल लुम्बिनी बगैंचाको मायादेवी मन्दिरमा बोधिवृक्ष थियो । विगतमा मन्दिरको उत्खनन् र संरक्षण गर्ने क्रममा…