बारा । बारा जिल्लामा अवैध रुपमा साना हतियारको ओसारपसार बढन थालेपछि स्थानीय त्रसित भएका छन् । बाराको सिम्रौनगढ क्षेत्रमा डेढ वर्षयता ९ वटा पेस्तोल, त्यसमा लाग्ने गोली सहित ११ युवक पक्राउ परेपछि सिम्रौनगढ नगरपालीका हतियार ओसारपसारको केन्द्र बन्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ । दुवै देशका सीमामा रहेका प्रहरीलाई छलेर भारतबाट लुकीछिपी ल्याएका हतियार सहित…