महोत्तरी । मिथिला क्षेत्रका साथै समग्र हिन्दू समुदायमा कार्तिक शुक्ल एकादशीका दिन मनाइने देउठान अर्थात देवोत्थान उत्सव मिथिलामा धुमधामका साथ मनाइयो । मिथिलाको धार्मिक–सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मनाइने देउठान उत्सवमा विशेषगरी विष्णु भगवानको पूजा आराधना तथा तुलसी विवाह सम्बन्धी धार्मिक विधि गरिन्छ । कार्तिक महिनाभरि भगवान विष्णुको चतुर्मास व्रत बस्ने परम्पराअनुसार देवोत्थान एकादशीका दिन…